बुधबार, मंसिर १३, २०८०

पृथ्वी जयन्ती मनाउन सिंहदरबार अघि पुगेकाहरुलाइ रोक्न खोज्दा प्रहरी र सर्वसाधारणबीच झडप

फ्ल्यासन्युज नेपाल२०७७ पुष २७ गते १६:४६

काठमाडौँ । पृथ्वीनारायण शाहको प्रतिमा रहेको सिंहदरबारको पश्चिम गेट क्षेत्र तनावग्रस्त बनेको छ । सो क्षेत्रमा प्रहरीको तैनाथी बढाइएको छ । २९९ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मुल समारोह समितिको आह्वानमा प्रतिमामा माल्यार्पणका लागि सिंहदरबार पश्चिम गेट तर्फ र्‍यालीसहित गएका सहभागीहरुलाइ प्रहरीले रोक्न खोज्दा सहभागी सर्वसाधारण र प्रहरीबीच झडप भएको छ । झडपमा केही प्रदर्शनकारी समेत घाइते भएका छन । केहीलाई प्रहरीले पक्राउ समेत गरेको छ ।

प्रहरीले रोकपछि पृथ्वी दिवस मनाउन भेला भएका सर्वसाधारणले प्रहरीबिरुद्ध चर्को नारावाजी समेत गरेका छन । निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेकाले रोकिएको प्रहरीले जनाएको छ । जुलुस र भीड नगरी माल्यार्पण गर्न जानेलाई भने प्रहरीले अवरोध गरेको छैन ।

प्रतिमा भएको क्षेत्रमा एक समूह प्रवेश दिइए पनि अरु समूहलाई बिच सडकमै रोखिएको छ । सहभागीले प्रहरी विरुद्ध नाराबाजी गरेका छन् । सो क्षेत्रमा आवातजावत गर्न पूर्ण रुपमा रोक लगाइएको छ।

नागरिक तहबाट आज पुस २७ गते हुने पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउनका लागि समितिले कार्यक्रम गरेको हो । यो अभियानमा अभिनेत्री मनिषा कोइराला, रमेश खरेल तथा भरत बस्नेतसहितको सक्रिय सहभागिता रहे पनि प्रहरीले कोइरालासहितको टोलीलाई पनि अघि बढ्न दिएको छैन ।

तपाइँको प्रतिक्रिया