प्रदेश सरकार जोगाउन अन्य दलसँग सहकार्य गर्न प्रधानमन्त्री ओलीको निर्देशन
काठमाडौ । प्रधानमन्त्री केपी ओलीले प्रदेश सरकार जोगाउन अन्य दलहरुसँग सहकार्य गर्न कार्यकर्तालाई निर्देशन दिएका छन् । प्रतिनिधि सभा विघटनलगत्तै आफ्नो समूहका कार्यकर्तालाई पुस अन्तर पार्टी निर्देशन पठाउँदै उनले यस्तो निर्देशन दिएको दस्तावेज सार्वजनिक भएको हो ।
निर्देशनमा नेकपामा फुटपछि प्रदेश सरकारविरुद्ध आएको अविश्वास प्रस्तावले संघीयताप्रति जनताको विश्वास टुट्ने र संघीयता विरोधीलाई उत्साहित पार्ने उल्लेख गरिएको छ । प्रदेश सरकारको रक्षाका लागि पार्टीभित्र र बाहिरका सकारात्मक पात्र र शक्तिसंग आवश्यकताअनुसार सहकार्य गर्न उनले निर्देशन दिएका छन ।
निर्देशनमा प्रतिनिधि सभा विघटनपछि पार्टी जटिल अवस्थामा पुगेको पनि उल्लेख छ । नयाँ निर्वाचनमा जानु पर्ने र एकीकरणको काम पुरा नहुँदै विभाजनको संघारमा उभिने जटिल अवस्था नेकपामा देखिएको ओलीले उल्लेख गरेका छन । ओलीले आफ्नो नेतृत्वमा रहेको नेकपाको केन्द्रीय सदस्य संख्या पनि १५ सय १ पु¥याएका छन् ।
भइरहेको कमिटीबाट दाहाल नेपाल पक्षका कसैलाई पनि नहटाउन र हाल रहेको कमिटीमा ५० प्रतिशत थप गर्न उनले निर्देशन दिएका हुन । निर्देशनमा पार्टी र सरकारको नेतृत्व कब्जा गर्न अवैधानिक बाटो रोजेपछि प्रतिनिधिसभा विघटनको अवस्था आएको उल्लेख छ ।