मंगलबार, जेठ १६, २०८०

अमेरिकाको सिकागोमा एक व्यक्तिद्वारा अन्धाधुन्द गोली प्रहार, तीनको मृत्यु, चार घाइते

फ्ल्यासन्युज नेपाल२०७७ पुष २७ गते १०:३६

एजेन्सी। अमेरिकाको शिकागोमा एक व्यक्तिले गोली प्रहार गरी तीन जनाको हत्या गरेका छन् । घटनामा थप चार जना घाइते भएका छन् । शिकागो विश्वविद्यालयमा प्रवेश गरेर बन्दुकधारीले आक्रमण गरेका हुन् ।

बन्दुकधारीले विश्वविद्यालय छिरेर तीस वर्षिय एक छात्रको टाउकोमा गोली प्रहार गरेका थिए । त्यसलगत्तै एक अपार्टमेन्टमा प्रवेश गरी सुरक्षागार्ड र अपार्टमेन्टमा रहेकी एक महिलालाई गोली प्रहार गरेका थिए । पुनः एक पसलमा प्रवेश गरी २० वर्षका एक व्यक्तिको उनले हत्या गरेका हुन् ।

त्यस लगत्तै ती व्यक्तिले १५ वर्षकी किशोरीमाथि गोली प्रहार गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । अन्तिम पटक एक रेष्टुराँमा प्रवेश गरी एक महिलाको उनले हत्या गरेका थिए । गोली हान्ने व्यक्तिको प्रहरीको जवाफी कारबाहीमा मृत्यु भएको छ ।

तपाइँको प्रतिक्रिया