बिहीबार, मंसिर १४, २०८०

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रीपरिषदको आकस्मिक बैठक

फ्ल्यासन्युज नेपाल२०७७ पुष २६ गते १२:०४

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रीपरिषदको आकस्मिक बैठक बोलाएका छन् । आइतबार बिहान मन्त्रीहरुलाई टेलिफोन गर्दै प्रधानमन्त्री ओलीले साढे ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा आइपुग्न निर्देशन दिएको स्रोतले जनाएको छ ।
प्रधामन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईका अनुसार साढे ११ बजे बैठक बोलाइए पनि अझै बैठक सुरु भएको छैन।

मन्त्रिपिरषदको नियमित बैठक सोमवार र बिहीवार बस्ने भएपनि ओलीले मन्त्रीहरुलाई विहान १० बजे फोन गरेर बालुवाटार आउन निर्देशन दिएका हुन्। बैठकको एजेण्डाबारे भने केही नखुलाइएको बताइएको छ।

तपाइँको प्रतिक्रिया