बिहीबार, चैत ९, २०७९

वडा कार्यालय कुखुरा राख्ने खोर बन्यो

फ्ल्यासन्युज नेपाल२०७७ पुष २६ गते ११:५३

तेह्रथुम । फेदाप गाउँपालिका–१ को वडा कार्यालय भवन ७ वर्षमा पनि सम्पन्न हुन सकेको छैन ।

२०७० सालमा निलकमल निमार्ण सेवा कम्पनीले निर्माणको जिम्मा पाए पनि काम सम्पन नगरि बिचैमा अलपत्र छाडेको छ ।

ठेकेदारलाई पटक पटक ताकेता गर्दा पनि काम अघि बढ्न नसकेको वडाध्यक्ष मनबहादुर श्रेष्ठले बताए । भवन निर्माणको काम तीन वर्ष भित्र सकिसक्नु पर्ने थियो ।

१९ लाखको लगानीमा निमार्ण सुरु भएको भवन अहिले कुखुराको खोरको रुपमा प्रयोग भैरहेको छ ।

तपाइँको प्रतिक्रिया