बिहीबार, जेठ १८, २०८०

पारस सहित नौ नेपाली क्रिकेट खेलाडी पाकिस्तान सुपर लिगको ड्राफ्टमा

फ्ल्यासन्युज नेपाल२०७७ पुष २५ गते १८:३५

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल र पूर्व कप्तान पारस खड्कासहित नौ खेलाडी पाकिस्तान सुपर लिग ‘पीएसएल’को ड्राफ्टमा परेका छन् ।

पीएसएलले शनिबार सार्वजनिक गरेको सूचीमा नेपाली नौ खेलाडी विदेशीको सिल्भर क्याटेगोरीको ड्राफ्टमा परेका हुन । ड्राफ्टमा पर्ने अन्य खेलाडीमा उपकप्तान दिपेन्द्र सिंह ऐरी,करण केसी, कुशल मल्ल र पवन सर्राफ रहेका छन् । त्यस्तैगरी सुवास खकुरेल, अविनास बोहोरा र आशिफ शेख सिल्भर क्याटेगोरीको ड्राफ्टमा समेटिएका छन । सन्दीप लामिछाने भने यसअघि नै प्लाटिनम क्याटेगोरीको ड्राफ्टमा परिसकेका छन । टोलीले तीन खेलाडी प्लाटिनम श्रेणीबाट लिन पाउने व्यवस्था गरिएको छ।

यस्तै डाइमण्ड श्रेणीबाट तीन, गोल्डनबाट तीन, सिल्भरबाट पाँच र इमर्जिङबाट दुई खेलाडी राख्न पाउने प्रावधान छ । ड्राफ्टमा परेका खेलाडीवाट अन्तिम छनौट भने जनवरी दशमा लाहोरमा हुनेछ । पीएसएलका लागि खेलाडी छनोट यही पुस २६ गते गरिनेछ । ड्राफ्टमार्फत प्रतियोगितामा सहभागिता जनाउने छ टोलीले खेलाडीको चयन गर्नेछन् । यस वर्षको पीएसएल आगामी मार्चमा हुनेछ ।

तपाइँको प्रतिक्रिया