बिहीबार, जेठ १८, २०८०

निर्मलाका बलात्कारी खै भन्दै न्याय माग्नेहरु तत्काल रिहाई गर्न कांग्रेस सभापतिको माग

फ्ल्यासन्युज नेपाल२०७७ पुष २४ गते १९:२३

काठमाडौं । नेकपा ओली समूहको कार्यक्रममा निर्मला पन्तको न्याय माग्ने युवाहरु पक्राउ परेका छन् । कैलालीको धनगढीमा प्रधानमन्त्री केपी ओलीले सम्बोधन गरिरहेको कार्यक्रममा निर्मला पन्तका लागि न्याय माग्दै पुगेका आठ जना युवालाई प्रहरीले पक्राउ गरेको छ ।

धनगढीका स्थानीय ८ जना युवा प्रधानमन्त्रीले सम्बोधन गरिरहेको कार्यक्रममा ‘निर्मला पन्तको बलात्कारी खै ?’ लेखेको टिसर्ट लगाएर पुगेका थिए । उनीहरुलाई प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पुर्याएको थियो । उनीहरु पक्राउ परेपछि कांग्रेस सभापति शेर बहादुर देउवाले आपत्ती जनाएका छन् ।

उनले भनेका छन्,धनगढीमा ‘निर्मला पन्तको बलात्कारी खै’ लेखिएको टिसर्ट लगाएर न्याय मागेका युवाहरुलाई प्रक्राउ गर्ने कार्य एकदम निन्दनिय छ।दोसीलाई कारबाहीको माग गर्दै शान्तिपूर्ण प्रदर्शन गरेका नागरिकलाई पक्राउ गर्नु लोकतान्त्रिक मुल्य, मान्यता विपरित हो। पक्राउ परेकालाई तत्काल रिहा गर्न माग गर्दछु।

तपाइँको प्रतिक्रिया