बुधबार, मंसिर १३, २०८०

खराब तत्वहरुलाई गाउँमै ठेगान लगाउनुपर्छ: प्रधानमन्त्री ओली

फ्ल्यासन्युज नेपाल२०७७ पुष २४ गते १६:१२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दाहाल नेपाल समूहलाई खराव तत्वको रुपमा संज्ञा दिएका छन् ।शुक्रबार धनगढीमा आयोजित नेकपा ओली समूहको आमसभालाई सम्बोधन गर्दै ओलीले भने, ‘प्रतिनिधिसभा विघटन असंवैधानिक छ भनेर हल्ला चलाइरहेका छन् । म तिनीहरुलाई कोरा राजनीतिक कुरा मात्र नगरेर एक पटक संविधान पढ्न आग्रह गर्न चाहन्छु ।’

‘६४ प्रतिशतको प्रतिनिधित्व गर्ने सर्वसम्मत प्रधानमन्त्री म हो । मैले देशको समय बर्बाद हुने भयो, देशका लागि काम गर्न दिएनन् । म ताजा जनादेशमा जान चाहन्छु भनेर सिफारिस गरेँ,’ उनले अघि भने, ‘६४ प्रतिशतको नेता म हो, अर्को विकल्प छैन संसदमा । विकल्प नभएपछि प्रतिनिधिसभा पुनर्स्थापना संवैधानिक, व्यवहारिक, अन्तर्राष्ट्रिय प्रचलन कुनै हिसावले हुन्न ।’

ओलीले दाहाल–नेपाल समूहलाई देशभरबाट दुई अंगको संख्यामा चुनाव जितेर देखाउन चुनौती दिएका छन् । देशभरबाट दुई अंक अर्थात् १० सिटमा चुनाव जितेर देखाउन चुनौती दिएका छन् । साथै उनले खराब तत्वलाई गाउँमै तह लगाउन कार्यकर्तालाई निर्देशन समेत दिएका छन् ।

उनले कार्यकर्ताहरुलाई भगौडाका पछि नलाग्न समेत आग्रह गरेका छन् । उनले पार्टी छाडेर गएका भगौडाका पछाडि नलाग्न कार्यकर्ताहरुलाई आग्रह गरे ।

तपाइँको प्रतिक्रिया