प्रतिनिधिसभा विघटन पूर्ण रुपमा असंवैधानिक छ- नारायणकाजी श्रेष्ठ
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी दाहाल नेपाल समूहका प्रवक्ता एवम राष्टिय सभा सदस्य नारायकाजी श्रेष्ठले प्रतिनिधिसभा विघटन पूर्ण रुपमा असंवैधानिक रहेको बताएका छन् । राष्ट्रिय सभाको शुक्रबारको सभामा बोल्दै प्रवक्ता श्रेष्ठले भनेप्रतिनिधिसभा विघटन पूर्ण रुपमा असंवैधानिक छ , संविधान विरोधी छ यसमा कुनै दुविधा छैन् ।
उनले भने धारा ८५ को एउटा हरफ यस प्रतिनिधि सभा वैठक विघटन हुनु अगावै भन्ने शव्द टिपेर संसद विघटन गर्ने अधिकार रहेछ भनेर विघटन गर्नु मुर्खता भएकाे समेत बताएका छन् । म फेरी पनि भन्छु,विघटन गर्ने अधिकार छैन्, विघटन हुने स्थिती छ सरकार नबनेको अवस्थामा ।
उनले कुनै मानिसले बकपत्र दियो वा आफ्नो मृत्यु पछि वा शेष पछि अरु कसैलाई दिने भनेर शव्द फेला पर्यो भने,मारेर दिने अर्थ लाग्छ भन्दै प्रश्न समेत गरेका छन् । पूर्ण रुपमा असंवैधानिक रहेको बताउँदै उनले संविधान विरोधी रहेको र यसमा कुनै दुविधा नभएको बताएका छन् ।