मोरङमा दुई फरार अभियुक्त पक्राउ
फ्ल्यासन्युज नेपाल२०७७ पुष २४ गते १२:१५
मोरङ । मोरङको इलाका प्रहरी कार्यालय रंगेलीले अदालतबाट सजाय तोकिएर पनि फरार रहेका अभियुक्त पक्राउ गर्ने कार्यलाई तीव्रता दिएको छ । प्रहरीले २०६१ साल मंसिरमा चोरी मुद्दामा फरार रहेका रंगेली चारका वनारसी मण्डललाई पक्राउ गरेको हो ।
बैैंक ठगी मुद्दामा लामो समयदेखि फरार सुनवर्षी दुईका गोविन्दबहादुर श्रेष्ठ पनि पक्राउ परेका छन् । उनलाई अदालतले छ लाख ७६ हजार १ सय ६१ रुपैयाँ जरिवाना र १ महिना कैद सजाय सुनाएको थियो । अदालतले सजाय तोकेपछि फरार रहेका अन्य आभियुक्तको पनि खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ ।