राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा धनीराम शर्मा नियुक्त
फ्ल्यासन्युज नेपाल२०७७ पुष २४ गते १०:०१
काठमाडौं ।राष्ट्रिय वाणिज्य बैंक लिमिडेटको सञ्चालक समिति अध्यक्षमा धनीराम शर्मा नियुक्त भएका छन् ।बैंकको अध्यक्षमा चयन भएसँगै शर्माले विहिबार पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।
शर्मालाई नेपाल राष्ट्र वैंकका गभर्नर महाप्रसाद अधिकारीले पद तथा गोपनीयताको सपथ खुवाएको राष्ट्रिय वाणिज्य बैंकले जानकारी दिएको छ। यस अघि उपप्रधानमन्त्री ईश्वर पोखरेलका सम्धी रहेका उपेन्द्र कोइरालालाई अध्यक्ष बनाउन लागेकोमा व्यापक विरोध भएपछि सरकार पछि हटेको छ।