बुधबार, मंसिर १३, २०८०

डोटीमा भालुको आक्रमणबाट दुई जना गम्भीर घाइते

फ्ल्यासन्युज नेपाल२०७७ पुष २४ गते ८:४४

डोटी । भालुको आक्रमणबाट डोटीमा दुई जना गम्भीर घाइते भएका छन् । डोटीको आदर्श गाउँपालिका-१ मा जंगली भालुको आक्रमणमा परि दुई जना गम्भीर घाइते भएका हुन् ।

भालुको आक्रमणबाट घाइते हुनेहरुमा ८४ वर्षीय रामबहादुर खड्का र उनकी पाँच वर्षीया नातिनी सरस्वती खड्कालाई रहेको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले जानकारी दिए ।

बिहिबार बेलुकी खेतबारीको काम सकेर घर फर्किँदै गर्दा उनीहरुलाई घर नजिकै भालुले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । उनीहरुको दिपायलमा रहेको शैलश्वरी अस्पतालमा उपचार भइरहेको छ ।

खप्तड राष्ट्रिय निकुञ्जबाट गाउँमा आहाराका लागि आउने जङ्गली जनावरले वर्षेनी आक्रमण गर्ने गरेकोे सायल गाउँपालिकाका स्थानीय तेजबहादुर डुम्रेलले जानकारी दिए ।

तपाइँको प्रतिक्रिया