बुधबार, चैत ८, २०७९

कान्ति बाल अस्पतालमा मानसिक स्वास्थ्य केन्द्र सञ्चालन हुँदै

फ्ल्यासन्युज नेपाल२०७७ पुष २३ गते १४:३०
काठमाडौं । कान्ति बाल अस्पतालमा मानसिक स्वास्थ्य केन्द्र सञ्चालन हुने भएको छ । काठमाडौंको महाराजगञ्ज स्थित कान्ति बाल अस्पतालले बालबालिका र किशोरकिशोरीको मानसिक उपचारकाअस्पताल परिषरमा मानसिक स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याउन लागेको हो । बाल मजदुर सरोकार केन्द्र, (सिविन),फोरुट नर्वे , नर्वेली सरकार को सहयोगमा बनेको उक्त भवन अस्पतालले बालबालिकाको लागि मानसिक स्वास्थ्य सेवाको ओपिडि यसअघि सुरु गरिसकेको छ । बुधबार अस्पतालको ५९ औं वार्षिकोत्सवको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीले बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्य केन्द्रको भवनको उद्घाटन गरेका हुन् । अस्पतालका निर्देशक डा.कृष्ण पौडेलले बालबालिका र किशोर किशोरीको मानसिक उपचारका लागि समस्या हुने गरेको भन्दै अस्पताल परिषरमा मानसिक स्वास्थ्य केन्द्र सञ्चालनमा आएपछि त्यो समस्या नहुने बताएका छन् । कार्यक्रममा काठमाडौं महानगरपालिका मेयर विद्या सुन्दर शाक्यले कान्ति अस्पताललाई महानगरले जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको बताउए । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति, डा.डी.एन. शाहले कान्तिले ल्याएको शैक्षिक कार्यक्रमलाई न्याम्सले सहयोग गर्ने जनाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ, डा. रोशन पोखरेलले स्वास्थ्य मन्त्रालयले जस्तोसुकै अवस्थामा पनि मन्त्रालयले सहयोग गर्ने बताएका छन् ।

तपाइँको प्रतिक्रिया