बिहीबार, मंसिर १४, २०८०

फाइनलमा, उपाधिका लागि टोटनह्यामसँग भिड्ने

फ्ल्यासन्युज नेपाल२०७७ पुष २३ गते १०:४६

एजेन्सी । म्यानचेष्टर युनाईटेडलाई हराउँदै म्यानचेष्टर सिटी काराबाओ कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको डर्बी म्याचमा सिटी दुई शुन्यले विजयी भएको हो ।

सिटीका लागि जोन स्टोन र फर्नाडिन्होले एक–एक गोल गरे । सिटीले उपाधिका लागि अव टोटनह्यामसँग प्रतिस्पर्धा गर्नेछ । टोटनह्याम ब्रेन्टफोडलाई हराउदै यसअघि नै फाइनल पुगिसकेको छ । फाइनल खेल अप्रिल २५ मा हुनेछ ।

तपाइँको प्रतिक्रिया