३० लाख हिनामिना गरेको आरोपमा भीम रावललाई कार्बाहीको सिफारिस
काठमाडौं । दाहाल नेपाल (नेकपा) समूहका नेता डा. भीम रावललाई कार्बाहीको गर्न सिफारिस गरेको छ । ओली समूहको नेकपा सूदुरपश्चिम प्रदेश कमिटीले नेता रावललाई कार्बाहीका लागि सिफारिस गरेको हो ।
पार्टीको खाताबाट ३० लाख नगद झिकेर हिनामिना गरेकोमा भीम रावल पिएचडीलाई कारबाही गर्न सिफारिश गरेको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिएका छन् ।
।
सुदूरपश्चिम प्रदेश संयोजक लेखराज भट्टको प्रमुख आतिथ्यता र अध्यक्ष कर्णबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले पुस २४ गते प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रमुख वक्ताका रूपमा राजधानी बाहिर पहिलोपटक धनगढीमा हुने जनसभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।
थापाले उक्त कार्यक्रमलाई शानदार रूपमा सफल पार्न योजनाबद्ध ढंगले जनपरिचालनमा जुट्ने निर्णय गरेको समेत बताएका छन् । साथै प्रदेश कमिटीको चौथो विस्तारित बैठकले प्रदेश कमिटी विस्तार गरी ५५१ सदस्यीय बनाएको छ ।