बुधबार, मंसिर १३, २०८०

संवैधानिक इजलासमा न्यायाधीश हरिकृष्ण कार्की नबस्ने

फ्ल्यासन्युज नेपाल२०७७ पुष २२ गते १५:२८

काठमाडौं । प्रतिनिधि सभा विघटन विरुद्धको संवैधानिक सुनुवाईका लागि गठित ५ सदस्यीय संवैधानिक इजलासमा न्यायाधीह हरिकृष्ण कार्की नबस्ने भएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध परेको मुद्दाको सुनुवाइका लागि गठन भएको उक्त संवैधानिक इजलासमा छनौट भएका न्यायाधीश कार्की नबस्ने विचाराधीन मुद्धामा यस अघि नै मुख खोलेका थिए।

उक्त विषयमा कानुन व्यवसायीहरुले प्रश्न उठाएपछि कार्कीले इजलासमा नबस्ने निर्णय गरेका हुन् ।  वरिष्ठ अधिवक्ताहरु शम्भु थापा, मुक्ति प्रधान, कृष्णप्रसाद भण्डारी लगायतले इजलासमा कार्की रहेकोमा प्रश्न उठाएका थिए ।

बुधबार गठित संवैधानिक इजलासमा प्रधान्यायाधीश चोलेन्द्र शम्शेर जबराका साथै न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, तेज बहादुर केसी सदस्य थिए । कानुन व्यवसायीहरुले यसअघिका संसद् विघटनका निवेदन सुनुवाइमा वरिष्ठताक्रम नमिचिएको र बृहत् पूर्ण इजलास गठन भएकाले त्यसकै निरन्तरता हुनुपर्ने आवाज उठाएका थिए ।

तपाइँको प्रतिक्रिया