दाहाल-नेपाल समर्थक विद्यार्थीद्वारा लाल्टिन प्रर्दशन
फ्ल्यासन्युज नेपाल२०७७ पुष २२ गते १३:४१
काठमाडौं। पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल नेतृत्वको भार्त संगठन अनेरास्वीयूले प्रतिनिधि सभा विघटन विरुद्ध लाल्टिन जुलुस निकालेको छ ।
पुस २१ गतेदेखि दोस्रो चरणको आन्दोलनका कार्यक्रम सुरु गरेको अनेरास्ववियूले बुधबार उपत्यकामा लाल्टिन जुलुस निकालेको छ ।
उपत्यकाबाहिर भने बुधबार सिट्ठी जुलुस आयोजना गरिएको अनेरास्ववियूका सह-संयोजक रञ्जित तामाङले बताएका छन् ।
दिउँसै लाल्टिन बाल्दा पनि भेटिएन है १ संविधानमा संसद् विघटनको धारा खै ? भन्ने नारा सहित लाल्टिन जुलुस निकालेका हुन् ।