बुधबार, चैत ८, २०७९

मध्यावधी निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई नेता पोखरेलको निर्देशन

फ्ल्यासन्युज नेपाल२०७७ पुष २२ गते १२:४६

सिन्धुली । उपप्रधानमन्त्री तथा नेकपा ओली समुहका नेता ईश्वर पोखरेलले तोकिएको मितिमा आम निर्वाचन हुने र त्यसका लागि सरकारले आवश्यक तयारी गरिसकेकोे बताएका छन् ।

सिन्धुलीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले निर्वाचनको विकल्प नभएको बताएका हुन् । उनले नेकपा आधिकारिक रुपमा विभाजित नभएको र ओलीले नेतृत्व गरेको पार्टी नै आधिकारिक भएकाले चुनाव चिन्ह सूर्य आफुहरुले पाउने दावी गरे ।

उपप्रधानमन्त्री पोखरेलले आगामी निर्वाचनमा सबै लाग्न कार्यकर्ताहरुलाई निर्देशन समेत दिए । निर्वाचनले नै लोकतन्त्र बलियो हुने र मतदाताको अभिमतको सुनिश्चितता हुने समेत उनको भनाइ छ ।

तपाइँको प्रतिक्रिया