बिहीबार, जेठ १८, २०८०

राष्ट्रिय सभामा संवैधानिक परिषद सम्बन्धी अध्यादेश अस्वीकार प्रस्ताव दर्ता

फ्ल्यासन्युज नेपाल२०७७ पुष २१ गते ११:०९

काठमाडौं । राष्ट्रिय सभा सदस्य रामनारायण विडारीले संवैधानिक परिषद सम्बन्धी अध्यादेश अस्विकारको प्रस्ताव दर्ता गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको उक्त अध्यादेश अस्वीकार गर्दै विडारीले राष्ट्रिय सभामा उक्त प्रस्ताव दर्ता गरेका हुन् ।

आइतबार राष्ट्रिय सभा सदस्य विडारीले उक्त अध्यादेश अस्वीकार गर्न प्रस्ताव दर्ता गरेको संसद सचिवालयका सह प्रवक्ता दशरथ धमलाले जानकारी दिए।

प्रस्तावमा विडारीले उक्त अध्यादेश पहिला पनि जारी भई फिर्ता भएको र संसदको अधिवेशन छ महिनामा बोलाउनु पर्नेमा सो नगरी अध्यादेश जारी गरी संसद छल्ने काम भएको उल्लेख गरेका छन्।

ुसंविधानको धारा २८४ को प्रावधानअनुरूप मुलुकको उच्चपदस्थ पदाधिकारीहरू रहने व्यवस्था र तिनीहरूबाट महत्वपूर्ण राज्यका अंगमा नियुक्ति हुने व्यक्ति–पदाधिकारीबारे निर्णय गर्ने अवस्थामा तात्विक असर पर्ने गरी संविधानको उक्त धाराको उद्देश्यमा नै प्रहार हुने भएकाले राष्ट्रिय सभा नियमावलीको नियम ८९ बमोजिम अध्यादेश अस्वीकार गर्ने प्रस्ताव पेस गर्दछु,’ विडारीले भनेका छन्।

तपाइँको प्रतिक्रिया