मंगलबार, मंसिर २०, २०७९

आज पनि देशभरको मौसम बदली हिमाली क्षेत्रमा हिमपात हुने

फ्ल्यासन्युज नेपाल२०७७ पुष २१ गते ७:३४

काठमाडौं । केही दिन यता देशभरको मौसममा बदली आएको छ । आज पनि हिमाली र उच्च पहाडी क्षेत्रका अधिंकाश भूभागमा हिमपातको सम्भावना रहेको छ भने केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविदले जनाएका छन् ।

सूदुरपश्चिम , कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिए । उनकाअनुसार वाग्मती प्रदेशका एक दुई ठाउँमा पनि हल्का पानी पर्ने अनुमान छ ।

पश्चिमी वायुको प्रभावका कारण गएको आइतबारदेखि देशभरको मौसम बद्ली भएको छ । यो प्रणालीको प्रभाव भोलिदेखि भने कम पर्ने मौसमविद् नगरकोटीले बताए । उनकाअनुसार भोलि वाग्मती, गण्डकी, लुम्बिनी, प्रदेश दुई र १ का धेरै ठाउँमा घाम लाग्ने पूर्वानुमान गरिएको छ । तर कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने भोलि पनि मौसम बद्ली भएर हिमपात र वर्षाको सम्भावना रहेको उहाँले बताउनुभयो ।

आज काठमाण्डौको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ ।

तपाइँको प्रतिक्रिया