सोमबार, चैत १३, २०७९

माघ २ गतेबाट नेपाल पूर्वाधार बैंकको ८ करोड कित्ता आईपीओ खुल्दै

फ्ल्यासन्युज नेपाल२०७७ पुष २० गते १७:४८

काठमाडौं । नेपाल पूर्वाधार बैंकको ८ करोड कित्ता आईपीओ माघ २ गतेदेखि खुल्ने भएको छ । धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंक, कम्पनी रजिस्टारको कार्यालय र म्युचल फन्डसँगको सबै स्वीकृति र प्रक्रिया पूरा भएकाले माघ २ गतेदेखि आईपीओ खुल्ने बैंकका प्रवक्ता सुवर्णसिंह जानकारी दिए।

बैंकलाई आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डले बैंकलाई पुस १० गते अनुमति दिएको थियो । आईपीओ निष्कासनपछि बैंकको चुक्तापुँजी १२ अर्बबाट बढेर २० अर्ब पुग्नेछ ।

८ करोड कित्तामध्ये ५ प्रतिशत अर्थात् ४० लाख कित्ता म्युचल फण्डको लागि र शून्य दशमलव २ प्रतिशत अर्थात् १६ हजार कित्ता शेयर बैंकका कर्मचारीको लागि छुट्याइएको छ । बाँकी सात करोड ५९ लाख ८४ हजार कित्ता शेयर सर्वसाधारणले पाउने छन् ।

नेपालमा अहिले सरदर १२ लाखले आईपीओ भर्ने गरेका छन् ।।

तपाइँको प्रतिक्रिया