आइतबार, चैत १२, २०७९

पूर्व राज्यमन्त्री साह चढेको गाडी दुर्घटना ५ जना घाइते

फ्ल्यासन्युज नेपाल२०७७ पुष २० गते १७:३६

काठमाडौं । पूर्व राज्यमन्त्री विनोदकुमार साह चढेको गाडी बर्दियामा दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । सोमबार दिउँसो पूर्वजलस्रोत राज्यमन्त्री विनोदकुमार साह सवार बा २१ च ४७४६ नम्बरको गाडी बर्दियाको बाँसगढी नगरपालिका–१, मौरीखोला र उन्तिसखोलाको बीचमा दुर्घटना भएको हो ।

दुर्घटनामा पूर्वराज्यमन्त्री साहसहित उनकी श्रीमती लक्ष्मी शाह, विन्द्रासैनी नगरपालिका–२ दैलेखका सूर्यबहादुर शाही, आठबिस नगरपालिकाका पदम माझी र चालक विनय भण्डारी घाइते भएको प्रहरीले जनाएको छ ।

चालक भण्डारीको कोहलपुर मेडिकल कलेजमा र पूर्वराज्यमन्त्री साहसहित अरू चार जनाको नेपालगञ्ज नर्सिङ होममा उपचार भइरहेको प्रहरी चौकी चेपाङका प्रहरी नायब निरीक्षक जयप्रकाश भट्टले बताए ।

तपाइँको प्रतिक्रिया