बिहीबार, जेठ १८, २०८०

पछिल्लो २४ घण्टामा नेपालमा थप ७ जनाको मृत्यु

फ्ल्यासन्युज नेपाल२०७७ पुष २० गते १७:२४

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ४०३ कोरोना संक्रमित थपिएका छन् । योसंगै कोरोना संक्रमितको संख्या २ लाख ६२ हजार २६२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाका कारण ७ जनाको मृत्यु भएको छ । योसंगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ८ सय ८५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५ सय ९४ कोरोना संक्रमित निको भएका छन् । नेपालमा हालसम्म २ लाख ५५ हजार ८८ कोरोना संक्रमित निको भइसकेका मन्त्रालयको तथ्यांकमा उल्लेख छ । हाल कुल सक्रिय संक्रमितको संख्या ५ हजार २ सय ८९ पुगेको छ ।

तपाइँको प्रतिक्रिया