सोमबार, चैत १३, २०७९

स्रोत नखुलेको १ करोड ४७ लाखसहित एक जना पक्राउ

फ्ल्यासन्युज नेपाल२०७७ पुष २० गते १७:१५

काठमाडौं । थानकोट प्रहरीले एक जना भारतीय नागरिकको साथबाट १ करोड ४७ लाख रुपैयाँ नगद बरामद गरेको छ । भारतीय नागरिक ३० वर्षीय अमितकुमार गुप्ताको साथबाट प्रहरीको चेकजाँचको क्रममा सो रकम बरामद गरेको हो ।

कपिलवस्तुबाट काठमाडौं आउने क्रममा नागढुंगाबाट जेकजाँच गर्दा सो रकम फेला परेको प्रहरीले जनाएको छ । गाडीमा राखिएको झोला लुकाइएको अवस्थामा सो रकम फेला परेको हो । प्रहरीले सवार गाडी चालक नेपाली नागरिक २२ वर्षीय संगम थारुलाई पनि पक्राउ गरेको छ ।

तपाइँको प्रतिक्रिया