सोमबार, चैत १३, २०७९

दाङमा बस दुर्घटना, १९ जना घाइते

फ्ल्यासन्युज नेपाल२०७७ पुष २० गते १६:५९

दाङ स् दाङको तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको यात्रुबहाक बस दुर्घटना हुँदा १९ जना यात्रु घाइते भएका छन् । ना ६ ख १८१४ नम्बरको बस आज ग्वारखोलाको पुल नजिकै उकालोमा अनियन्त्रित भएर दुर्घटनामा परेको हो ।

दुर्घटनामा घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । अधिकांश घाइतेहरूको हातखुट्टामा चोट लागेको छ । घाइतेहरूको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

तपाइँको प्रतिक्रिया