त्रिभुवन विमानस्थलबाट ५० थान गोलीसहित एक जना पक्राउ
फ्ल्यासन्युज नेपाल२०७७ पुष २० गते १६:५०
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५० थान गोलीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
नौ एमएमको पेस्तोलमा लाग्ने गोलीसहित प्रहरीले झापाका बद्रीहाङ राईलाई पक्राउ गरेको हो । उनी श्री एयरलाइन्सको जहाजबाट भद्रपुर जान लागेका थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।