सोमबार, चैत १३, २०७९

कविता-कान्छीको भट्टी

फ्ल्यासन्युज नेपाल२०७७ पुष २० गते १०:५४
********* दिनभरको थकान मेट्न आउदैछु नि ……………..कान्छी ! एक प्याक ठिक पार है ! ………………….. हिजोअस्तिको ऐसेठ मेट्नु छ ………………….कान्छी ! अलिकति मिठो सितन तयार पार है ! *****–******- तिम्रो मायामा खोट् लगाएको हैन् ऐरेले तिम्रो पिछा गरेको मन परेको छैन मेरी ।।।।।कान्छी मन खोल है ………………………… तिमी सितको प्रित बुझ्नु छ तिमीले मेरो मनसित बात गर्नु छ घरकी भन्दा परकिको स्वाद फेर्नु छ नाइ नभन है ………………….कान्छी *****–******- मेरो मनको बोझ तिमीसगँ खोल्नुछ तिमीसितको पिरिम मुटुमा सजाउनुछ लुकिछिपि चोरेको मायाले मन र घर दुबै बचाउनु छ नाइ नभन है ……………………..कान्छी *****–******- मन रोगको पीडा धन रोगको क्रीडा कि तिमीलाई थाहा छ …………..कान्छी ! कि मलाई थाहा छ दुनियाँलाई पिलाउन कुवामा पानी छ ! हैन र! सीता ओझा

तपाइँको प्रतिक्रिया