मंगलबार, असोज ११, २०७९

कांग्रेसद्वारा सरकार विरुद्ध सडक आन्दोलन गर्ने घोषणा

फ्ल्यासन्युज नेपाल२०७७ पुष १९ गते १६:५९

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटन विरुद्ध सडक आन्दोलन गर्ने भएको छ । आइतबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकबाट सरकार विरुद्ध सडक संघर्षका कार्यक्रम घोषणा गरेको हो।

कांग्रेसले पुस २५ गते प्रदेशका ३ सय ३० निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने कार्यक्रम छ । त्यस्तै माघ ३ गते नगर र गाउँपालिका र माघ ८ गते वडास्तरमा विरोध प्रदर्शनका कार्यक्रम घोषणा गरिएको जनाएको छ ।

कांग्रेस पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला कोरोना भाइरस मुक्त भएसँगै आजको केन्द्रीय कार्यसमिति बैठकमा सहभागी भएका थिए । उनले संसद् पुनर्स्थापना र निर्वाचन पनि नहुने अवस्थामा मुलुक पुग्न लागेको भन्दै कांग्रेस चुप लागेर बस्न नहुने बताएका थिए ।

तपाइँको प्रतिक्रिया