शनिबार, असोज १५, २०७९

विघटित संसद कुनै हालतमा पनि विउँतिदैन्- ओली

फ्ल्यासन्युज नेपाल२०७७ पुष १९ गते १६:३८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विघटित प्रतिनिधि सभा कुनै पनि हालतमा नबिउँतिने दाबी गरेका छन् । साथै सरकारले मध्यावधी निर्वाचन कुनै पनि हालतमा गराएर छोड्ने बताएका छन् ।

आइतबार काठमाडौंमा आफू निकट समूह निकट विद्यार्थीहरुको भेलालाई सम्बोधन गर्दै नेकपा ओली समूहका अध्यक्ष समेत रहेका उनले कुनै हालतमा संसद पुनर्स्थापना नहुने दाबी गरेका हुन् ।

वैशाख १७ र २७ गते मध्यावधी निर्वाचन हुने दाबी गर्दै प्रधानमन्त्री ओलीले भने, संविधान र कानूनले मिल्दैन । विघटित संसद बौरिँदैन । संसद विघटन भयोभयो, नयाँ चुनाव हुन्छहुन्छ ।’ प्रधानमन्त्री ओलीले संसद पुनर्स्थापनाको माग गर्दै परेको मुद्दामा सर्वोच्च अदालतमा फिराद पत्र दर्ता गराएर आएको भन्दै उनले भने, ‘परशुरामका बाबुको पालामा जस्तो मरेका आमा बौराइपाऊँ भन्दा हुन्छ र भन्दै प्रश्न समेत गरेका छन्।

तपाइँको प्रतिक्रिया