प्रधानमन्त्री ओली पदमा रहन अयोग्य: कांग्रेस नेता पौडेल
फ्ल्यासन्युज नेपाल२०७७ पुष १९ गते ११:३७
काठमाडौं ।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदमा रहन अयोग्य रहेको बताएका छन् । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभालाई कुहिएको छानो भन्ने अभिव्यक्ति दिएपछि पौडेलले ओली प्रधानमन्त्रीको पदमा रहन अयोग्य रहेको बताएका हुन् ।
ट्वीट गर्दै नेता पौडेलले प्रतिनिधिसभालाई कुहिएको छानो भन्ने ओलीमा तानाशाह प्रवृत्ति देखिएको जनाएका छन् । संविधानमा हुँदै नभएको विशेषाधिकारको गफ गर्ने ओलीमा तानाशाह प्रवृति देखिएको उनको भनाइ छ ।
शनिबार कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनलाई कुहिएको छानोसँग तुलना गरेका थिए ।