मंगलबार, जेठ १६, २०८०

कोरोना संक्रमणबाट विदेशमा थप तीन नेपालीको मृत्यु

फ्ल्यासन्युज नेपाल२०७७ पुष १९ गते ११:२०

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट विदेशमा थप तीन जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता पोर्चुगलमा दुई र बेलायतमा एक जनाको मृत्यु भएको हो ।

संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार योसँगै विदेशमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३ सय १५ पुगेको छ । अहिलेसम्म २० देशमा रहेका नेपालीहरुको मृत्यु भएको छ । अहिलेसम्म विभिन्न ५० देशमा रहेका ५३ हजार ३ सय ८५ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ ।

संक्रमितमध्ये ५० हजार ६ सय ५६ जना कोरोना मुक्त भएका छन् । यो कुल संक्रमितको ९४ प्रतिशत हो । यो साता स्पेन, पोल्याण्ड, जापान, युएई, कुवेत, साउदी अरब, कतारमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ ।

संघले आगामी अप्रिल महिनादेखि नेपालमा पनि कोरोना भाइरस विरुद्धको खोप आउन सक्ने सम्भावना रहेको जनाएको छ ।

अहिले विश्वघर फाइजर एण्ड बायोएनटेक, मोडर्ना, सिनोफार्म तथा अक्सफोर्ड विश्वविद्यालय र एष्ट्राजेनेका कम्पनीले विकास गरेका कोरोना विरुद्धका खोपको आपतकालिन प्रयोग भैरहेको छ ।

तपाइँको प्रतिक्रिया