बुधबार, मंसिर १३, २०८०

एमसीसी छिटो पास गर्न अमेरिकी दुतावासको सरकारलाई दवाव

फ्ल्यासन्युज नेपाल२०७७ पुष १९ गते ९:५४

काठमाडौं ।अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) छिटो पास गरि कार्यान्वयन गर्न अमेरिकी दुतावासले सरकारलाई दवाव दिएको छ । प्रतिनिधि सभा विघटन भएसँगै एमसीसी सम्झौता अन्यौलतामा परेपछि दूतावासले एमसीसी कार्यान्वयका लागि जोड दिएको हो ।

नेपालस्थित अमेरिकी दूतावासकी प्रवक्ता आना रिची–एलेनले सम्झौता अनुमोदन पछाडि सर्दा नेपाली जनताले पाउने फाइदामा ढिलाइ हुने बताएकी छिन्। उनले भनिन् ‘एमसीसी अनुदान कोष खुला भइरहँदैन, त्यसैले सक्दो चाँडो सम्झौता संसद्बाट अनुमोदन गरेर कार्यान्वयनमा लैजानुपर्छ ।

करिब ५५ अर्ब रुपैयाँ अनुदानका लागि भएको सम्झौता संसदबाट अनिवार्य रुपमा पास गर्नु पर्ने सर्त उल्लेख गरिएको छ । संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले प्रतिनिधिसभा विघटन भएसँगै एमसीसी सम्झौताको दर्ता खारेज भएको बताएका छन् । नेकपाको आन्तरिक किचलोका कारण एमसीसी खारेज भएको उनले बताए ।

नेपाल सरकार र एमसीसीबीच २०१७ सेप्टेम्बरमा वासिङ्टन डीसीमा सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । नेपालले सबै प्रक्रिया पूरा गरेर २०७७ असार १६ बाट परियोजना कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाएको थियो । सरकारले २०७६ असारमै प्रतिनिधिसभाको विधेयक शाखामा एमसीसी सम्झौताको दस्ताबेज अनुमोदनका लागि दर्ता गराएको थियो ।

तपाइँको प्रतिक्रिया