शनिबार, मंसिर २४, २०७९

एनआईसी बैंक लिमिटेडले विभिन्न ४ कम्पनीहरुको संस्थापक सेयर लिलाम गर्दै

फ्ल्यासन्युज नेपाल२०७७ पुष १९ गते ९:३३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले विभिन्न ४ कम्पनीहरुको संस्थापक शेयर लिलाम बढाबढ गरी बिक्री गर्ने भएको छ।

बैंकले नागरिक लगानी कोषको २ लाख २ हजार ५६० कित्ता, नेशनल लाइफ इन्स्योरेन्सको १ लाख ३ हजार ९७६ कित्ता, एशियन लाइफ इन्स्योरेन्सको १ लाख ३० हजार २९० कित्ता र सूर्या लाइफ इन्स्योरेन्सको १ लाख ९० हजार ३७४ कित्ता संस्थापक शेयर लिलाम बिक्री गर्न लागेको हो।

सो शेयर खरिदका लागि योग्य लगानीकर्ताहरुले पुस १९ गतेदेखि २४ गतेसम्ममा शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन्। बैंकले नागरिक लगानी कोषको न्यूनतम शेयरमूल्य प्रतिकित्ता १ हजार ७१५ रुपैयाँ, नेशनल लाइफको ५५० रुपैयाँ, एशियन लाइफको ४६९ रुपैयाँ र सूर्या लाइफको ३३७ रुपैयाँ तोकेको छ। लगानीकर्ताहरुले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ।

बैंकको शेयर बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताहरुले बिक्री प्रबन्धकका साथै एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालय, ट्रेड टावर, थापाथली तथा विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेत शाखा कार्यालयबाट बोलपत्र पेश गर्न सक्नेछन।

तपाइँको प्रतिक्रिया