बुधबार, चैत ८, २०७९

रियल मड्रिड ला लिगाको शीर्ष स्थानमा

फ्ल्यासन्युज नेपाल२०७७ पुष १९ गते ८:३७

एजेन्सी । रियल मड्रिड स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा पुगेको छ । गएराति भएको खेलमा सेल्टा डी भिगोलाई दुई शुन्यले पराजित गर्दै रियल मड्रिड एथ्लेटिको मड्रिडलाई पछि पारी शीर्ष स्थानमा पुगेको हो ।

रियलका लागि लुकास भाज्क्वेज तथा मार्को एसेन्सिओले गोल गरेका हुन् । जितपछि शीर्ष स्थानको रियल मड्रिडको १७ खेलबाट ३६ अंक भएको छ । दोस्रो स्थानको एथ्लेटिको मड्रिडको १४ खेलबाट ३५ अंक छ ।

राति भएका अरु खेलमा भिल्लारियलले लेभान्टेलाई दुई–एक तथा रियल भालाडोलिडले गेटाफेलाई एक–शुन्यले पराजित गरेका छन । रियल बेटिस र सेभिल्लाले एक–एक गोलको बराबरी खेलेका छन् ।

तपाइँको प्रतिक्रिया