आइतबार, चैत १२, २०७९

दाहाल-नेपाल समूहलाई प्रधामन्त्री ओलीले भने, जसको घर हो, उ मेरो घर हो भनेर निवेदन हाल्दैन

फ्ल्यासन्युज नेपाल२०७७ पुष १८ गते १७:२२

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले दाहाल नेपाल समूह प्रति आक्रमक रुपमा प्रस्तुत भएका छन् । उनले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई भेट्नु कुहिएर झरेका फलको संज्ञा दिएका छन् ।

शनिबार काठमाडौं जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै ओलीले भने, अर्का समूहले असली हामी हौं भनेर निवेदन हालेको भनेर निर्वाचन आयोगबाट शुक्रबार एउटा पत्र प्राप्त भएको बताए । अघि भने, ‘असली र नक्कली भन्न यो बरमझियाको बुढाको पेडा पसल हो ?’

जसको घर हो, उ मेरो घर हो भनेर निवेदन हाल्न नजाने उनले बताए । ओलीले अघि भने, ‘हामीले बनाएको हो पार्टी, हामी निवेदन हाल्न जान जरुरी छैन । भेट्नु कुहिएर झरेका दुइटा फलहरुले रुख नै मै हुँ भनेर दाबी गर्ने ?’

प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदानलमा विचाराधीन रहेको बेला संसद् कुनै पनि हालतमा पुनर्स्थापना नहुने प्रधानमन्त्री ओलीले ठोकुवा गरेका हुन् । प्रतिनिधिसभा पुनर्स्थापना हुने कुरा कहाँबाट आयो रु कसले भन्यो पुनर्स्थापना हुन्छ भनेर रु पुनर्स्थापना हुँदैन । उहाँहरूले कार्यकर्ता झुक्याउन उहाँहरू भन्नुभएको होला, प्रधानमन्त्रीको भनाइ थियो ।

 

प्रतिनिधिसभा विघटन गर्नुका पछाडि आफूविरुद्ध पार्टीभित्रैबाट आएको अविश्वासको प्रस्ताव लगायतका कुरा रहेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

तपाइँको प्रतिक्रिया