पछिल्लो २४ घण्टामा ४१९ कोरोना संक्रमित थपिए
फ्ल्यासन्युज नेपाल२०७७ पुष १८ गते १६:५१
काठमाडौं ।नेपालमा पछिल्लो २४ घण्टाको अवधीमा ४१९ कोरोना संक्रमित थपिएका छन् । कोरोना संक्रमितको संख्या २ लाख ६१ हजार ४३८ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोनाका कारण ६ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधीमा ६ कोरोना संक्रमितको मृत्यु भएको हो । हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ८७० पुगेको छ ।
पछिल्लो २४ घण्टामा ७५० कोरोना संक्रमित निको भएका छन् । नेपालमा हालसम्म २ लाख ५३ हजार ८५७ कोरोना संक्रमित निको भइसकेका मन्त्रालयको तथ्यांकमा उल्लेख छ । हाल कुल सक्रिय संक्रमितको संख्या ५ हजार ७११ पुगेको छ ।