बिहीबार, चैत ९, २०७९

दाहाल-नेपाल समूहद्वारा दोस्रो चरणको आन्दोलनको घोषणा- आन्दोलनका कार्यक्रम सहित

फ्ल्यासन्युज नेपाल२०७७ पुष १८ गते १६:३१

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले आज दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । संसद विघटनको विरोधमा नेकपा प्रचण्ड–माधव समूहले दोस्रो चरणको आन्दोलन घोषणा गरेको हो। प्रतिगमन विरोधी केन्द्रीय संघर्ष समितिले शनिबार पत्रकार सम्मेलन गरी पुस २० देखि माघ २३ गतेसम्मका आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको हो ।

असवैधानिक कदम सच्याई देशवासीसँग क्षमायाचना गर्न माग गर्दै २४ पुसमा ७७ जिल्ला प्रशासन कार्यालयबाट प्रधानमन्त्रीलाई संविधानको पुस्तक दिइनेछ ।

आन्दोलनका कार्यक्रम यस्ता छन्
प्रचण्ड-माधव समूहको प्रतिगमन विरोधी केन्द्रीय संघर्ष समितिले शनिबार पत्रकार सम्मेलन गरी पुस २० देखि माघ २३ गतेसम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

घोषित कार्यक्रममा प्रधानमन्त्रीलाई संविधानको पुस्तक दिनेदेखि सबै तहमा प्रदर्शन गर्नेसम्म छन् । २४ पुसमा सबै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई विरोध पत्र र संविधानको पुस्तक दिने र राष्ट्रका नाममा क्षमायाचना गरी गलत कदम सच्याउन अनुरोध गर्ने प्रचण्ड माधव समूहले बताएको छ ।

पुस- २० गतसम्म पालिका स्तरमा र २५ गतेसम्म वडा स्तरमा पार्टी भेला र संघर्षसम्बन्धी अभिमुखीकरण कार्यक्रम ।
पुस- २५ गतेसम्म प्रदेश, जिल्ला, पालिका र वडा स्तरमा संघर्ष समिति गठन ।
पुस- २१ गते संघीय राजधानी र विभिन्न शहरी केन्द्रहरुमा राजनीतिक पार्टीहरुसँग अन्तरक्रिया ।
पुस- पुसमा नागरिक समाजसँग अन्तरक्रिया ।
पुस-२४ पुसमा सबै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई विरोध पत्र र संविधानको पुस्तक दिने र राष्ट्रका नाममा क्षमायाचना गरी गलत कदम सच्याउन अनुरोध गर्ने ।
पुस-३६  सडक संविधान वाचन व्याख्या कार्यक्रम ।
पुस-२७  सुदूरपश्चिम, लुम्बिनी र प्रदेश १, २८ गते प्रदेश २, गण्डकी र कर्णाली तथा २९ गते बाग्मतीमा बृहत कार्यकर्ता भेला ।
पुस-२८  घरघरमा पर्चा वितरण, गाउँटोलमा कालो झण्डा गाड्ने र असंवैधानिक एवं प्रतिगामी कदमविरुद्ध सबै वडामा व्यानर राख्ने ।
पुस- २९  निर्वाचन क्षेत्रस्तरयि कार्यकर्ता भेला ।
पुस-३०सबै वडामा विरोध प्रदर्शन र सभा ।
– माघ ५ माघमा सबै पालिकाहरुमा विरोध प्रदर्शन र सभा ।
माघमा -१०राजधानी लगायतका सबै शहरी केन्द्रहरुमा मोटरसाइकल र्‍याली ।
माघमा -१६ प्रदेश १, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा र १७ गते प्रदेश २ मा विरोध सभा ।
माघमा – २२  वडा तहमा मसाल जुलुस ।
माघमा -२३  राजधानीमा विरोध प्रदर्शन ।

तपाइँको प्रतिक्रिया