बिहीबार, जेठ १८, २०८०

कारको ठक्करबाट पाटेबाघको मृत्यु

फ्ल्यासन्युज नेपाल२०७७ पुष १८ गते ११:००

काठमाडौं । नेपालको संरक्षित वन्यजन्तुमध्ये रहेको पाटेबाघको कारको ठक्करबाट मृत्यु भएको छ । शनिबार विहान ७ः२० बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ आधारभार जंगल क्षेत्रमा निजी कारको ठक्करबाट एउटा पाटे बाघको मृत्यु भएको हो ।

हेटौंडाबाट सर्लाही जाँदै गरेको बा १६ च ८११ नम्बरको कारले बाटो क्रस गर्दै गरेको वयस्क बाघलाई ठक्कर दिंदा बाघको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कार चालक सर्लाहीका ५० वर्षीय अजय मिश्र र बाघलाई प्रहरीले राष्ट्रिय निकुञ्जको जिम्मा लगाएको सहायक संरक्षण अधिकृत रमेश कुमार यादवका ल जनाएका छन् । उनलाई कानूनी कार्बाही समेत गरिने जनाएको छ ।

तपाइँको प्रतिक्रिया