सोमबार, चैत १३, २०७९

नयाँ वर्ष मनाइरहेको अवस्थामा कंगोमा हमला कम्तीमा ३० जना मृत्यु

फ्ल्यासन्युज नेपाल२०७७ पुष १८ गते १०:१०

एजेन्सी । नयाँ वर्ष मनाइरहेको अवस्थामा कंगोमा हमला हुँदा कम्तीमा ३० जनाकोे ज्यान गएको छ । प्रजातान्त्रिक गणतन्त्र कंगोमा नयाँ वर्ष सन् २०२१ मनाइरहेका बेला ३० जनाको हत्या गरिएको छ । देशको पूर्वी क्षेत्रस्थित तिङवेमा नयाँ वर्ष मनाउन सर्वसाधारण भेला भइरहेका बेला आक्रमण भएको हो ।

नागरिक अधिकारकर्मीले भने आक्रमणमा तीस जनाको मृत्यु भएको दाबी गरेका छन् । ‘नयाँ वर्ष मनाइरहेका सर्वसाधारणलाई एडीएफ नामक लडाकु समूहले एक एक गरी मारेको बताइएको छ ।

आक्रमण एडीएफ नामको लडाकु समूहले गरेको आरोप सरकारी सेनाले लगाएको छ । तर अहिलेसम्म घटनाको जिम्मेवारी कसैले लिएको छैन ।

तपाइँको प्रतिक्रिया