म्यानचेस्टर युनाइटेडद्वारा एस्टन भिल्ला २-१ ले पराजित
फ्ल्यासन्युज नेपाल२०७७ पुष १८ गते ८:५१
एजेन्सी । इङलिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले शीर्ष स्थानको लिभरपुलसँग अंक बराबरी गर्न सफल भएको छ । गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडले एस्टन भिल्लालाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा भएको युनाइटेडलाई जिताउन एन्थोनी मार्शल र ब्रुनो फेर्नान्डेसले गोल गरे । एस्टन भिल्लाका बर्टान्ड ट्राओरेले एक गोल फर्काएका हुन् । जितपछि दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको १६ खेलबाट ३३ अंक भएको छ ।
शीर्ष स्थानको लिभरपुलको पनि समान खेलबाट समान १६ अंक नै भएको छ । त्यस्तै २६ अंक जोडेको एस्टोन भिल्ला तालिकाको छैटौं स्थानमा छ । राति नै भएको अर्को खेलमा वेष्ट ह्यामले एभर्टनमाथि एक शुन्यको जित निकालेको छ ।