बिहीबार, चैत ९, २०७९

देशमा स्थिरता नचाहनेहरु संसद पूर्नस्थापनाको माग गर्दै आन्दोलन गरिरहेका छन्- गृहमन्त्री थापा

फ्ल्यासन्युज नेपाल२०७७ पुष १७ गते १८:४९

काठमाडौ । गृहमन्त्री रामबहादुर थापाले देशमा स्थिरता र स्थायित्व कायम गर्न सरकारले संसद विघटन गरेको दाबी गरेका छन् । शुक्रबार ललितपुरमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा ओली समूहका नेता समेत रहेका थापाले देशमा स्थायित्व ल्याउन निर्वाचनको घोषणा गरेर सरकारले अग्रगामी कदम चालेको बताए ।

मन्त्री थापाले देशमा स्थिरता नचाहने पक्षले संसद पुनस्र्थापनाको माग गर्दै आन्दोलन गरिरहेको आरोप पनि लगाए ।।

तपाइँको प्रतिक्रिया