बुधबार, चैत ८, २०७९

विप्लव माओवादीद्वारा गाउँपालिका अध्यक्ष अपहरण

फ्ल्यासन्युज नेपाल२०७७ पुष १७ गते १६:२१

्अछाम । प्रतिवन्धित विप्लव नेकपा अछामले ढकारी गाउँपालिकाका अध्यक्ष धनवहादुर बुढा अपहरणमा परेका छन् । बुढा शुक्रबार विहान करिव साढे ९बजे अपहरणमा परेको उनको पारिवारीक स्रोतले जनाएको छ ।

कोरोना रोकथाम नियन्त्रण तथा क्वारेन्टाइन व्यवस्थापनमा भएको खर्च विवरणको हिसाब किताब,अध्यक्षमा निर्वाचित हुनुपुर्व जारि गरिएको घोषणा पत्र अनुसार काम भए नभएको अनुगमन गर्न ,गाउँपालिकाले प्रवाह गर्ने सेवा सुविधा जनमुखि भए नभएको अध्ययन गर्न भन्दै नियन्त्रणमा लिईएको विप्लव निकट स्रोतले जानकारी दिएको छ।

विहान साढे नौ वजे तिर नियन्त्रणमा लिईएका अध्यक्ष बुढालाई आजै छाडिएको पनि छ ।सवै हिसावकिताव सहित ढकारि गाउपालिका अध्यक्ष धनवहादुर वुढाले १५ दिन भित्र विप्लव नेकपाको सम्पर्कमा जानुपर्ने छ ।

 

तपाइँको प्रतिक्रिया