शनिबार, मंसिर २४, २०७९

बागमती प्रदेशको प्रदेशसभा आगामी माघ सात गते बस्दै

फ्ल्यासन्युज नेपाल२०७७ पुष १७ गते १६:०६

मकवानपुर । वाग्मती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले प्रदेश सभाको सातौँ अधिबेशन आगामी माघ ७ गते आह्वान गरेको छ । शुक्रबार बसेको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको बैठकले माघ सात गतेका लागि बैठक आव्हान गरेको प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँले जानकारी दिए ।

मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले चितवन जिल्लाको राप्ती नगरपालिकाको आफ्नै प्रशासकीय भवन निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराउन सम्बन्धित निकायलाई पत्राचार गर्ने र यथाशीघ्र कार्यान्वयनका लागि अनुरोध गर्ने पनि निर्णय गरेको मन्त्रिपरिषद्का प्रवक्ता कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिए ।

तपाइँको प्रतिक्रिया