कर्णाली प्रदेशको अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापति चढ्ने गाडीमा आगजनी
फ्ल्यासन्युज नेपाल२०७७ पुष १७ गते १०:३७
जाजरकोट । कर्णाली प्रदेशको अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापति चढ्ने गाडीमा अज्ञात समूहले जाजरकोटमा आगजनी गरेको छ ।
जाजरकोटबाट निर्वाचित प्रदेशसभा सदस्य एवं सभापति गणेशप्रसाद सिंहले चढ्दै आएको कर्णाली प्रदेश ०२००१ झ ००४० नम्बरको गाडीमा बिहीबार राति भेरी नगरपालिका–७ पुन्मा बिहीबार राति करिब १० बजे अज्ञात समुहले पेट्रोल छर्केर आगजनी गरेको हो ।
गाडी पूर्णरुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । सभापति सिंह प्रदेशको योजना अनुगमन गर्न जाजरकोट पुगेका थिए ।