मंगलबार, असोज ११, २०७९

५३४ जना कोरोना संक्रमित थपिए, थप ९ जनाको मृत्यु

फ्ल्यासन्युज नेपाल२०७७ पुष १६ गते १६:४४

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा थप ९ जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ ।

याे सँगै काेराेना भाइरस संक्रमणका कारण मृत्यु हुनेकाे संख्या १८ सय ५६ पुगेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएकाे छ । त्यस्तै पछिल्लाे २४ घण्टामा थप ५ सय ३४ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन्।

योसंगै कुल कोरोना संक्रमितको संख्या २ लाख ६० हजार५९३ पुगेको छ। पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ९ जनाको मृत्यु भएको छ । अाज थप ४ सय ४७ जना डिस्चार्ज भएका छन्। योसहित हालसम्म कोरोना जित्नेको संख्या २ लाख ५२ हजार ३५९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

तपाइँको प्रतिक्रिया