प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार छैन- सभामुख सापकोटा
फ्ल्यासन्युज नेपाल२०७७ पुष १६ गते १६:०१
काठमाडौं । सभामुख अग्नी प्रसाद सापकोटाले प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नभएको प्रतिक्रिया दिएका छन् । संसद विघटन र पछिल्ला राजनीति घटनाक्रमका बारेमा अखिल नेपाल महिला संघ, समाजवादी महिला संघ र विवेकशील साझा महिला लगायतका संघसंस्थामा आवद्ध महिला संगठनहरुले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै सभामुख सापकोटाले उक्त कुरा बताएका हुन् ।
संसद पूर्नस्थापनाको माग गर्दै बुझाएको ध्यानाकर्षण पत्र पछि उनीहरुसँगको सामूहिक छलफलका क्रममा सभामुख सापकोटालेभने, यहि परिस्थितिमा प्रधानमन्त्रीलाई विघटन गर्ने अधिकार दिएको छैन ।
अदालतमा पनि त्यसै अनुसारको जवाफ दिँदै छु । मेरो भूमिकाका बारेमा राष्ट्रका सबै पक्षमा बृहत् छलफल गरेको छु । सुझाव लिएको छु । अहिले जुन गम्भीरताका साथ ध्यानाकर्षण गराउनु भएको छ, मेरो ध्यानाकर्षण भएको छ।