बिहीबार, जेठ १८, २०८०

मुख्यमन्त्री राईद्वारा दाहाल-नेपाल समूहका १५ सांसदहरु निलम्बन

फ्ल्यासन्युज नेपाल२०७७ पुष १६ गते १५:३०

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सरकारले प्रतिनिधि सभा विघटन गरेसँगै दल विभाजित भइरहेको छ । दल विभाजित भएसँगै केन्द्र देखी स्थानिय तहसम्म नेताहरु आफ्नो पक्षमा शक्ति बटुल्न लागिपरेका छन् ।

खास गरि प्रदेश सरकारमा त्यसको गम्भीर असर परेको देखिन्छ । बागमति प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल विरुद्ध अविश्वासको प्रस्ताव पारित गरेका दाहाल-नेपाल समूहले प्रदेश एकका मुख्यमन्त्री शेरधन राईका विरुद्ध समेत अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । विहिबार दाहाल नेपाल पक्षको वैठकले राईलाई संसदीय दलको नेताबाट हटाएसँगै मुख्यमन्त्री राईले दाहाल-नेपाल समूहका १५ जना सांसदहरुलाई निलम्वन गरेका छन् ।
हेर्नुहोस् पत्र जस्ताको त्यस्तै

तपाइँको प्रतिक्रिया