बुधबार, मंसिर १३, २०८०

दाहाल–नेपाल समूहले संसदीय दलको नेताबाट राईलाई हटायो

फ्ल्यासन्युज नेपाल२०७७ पुष १६ गते १४:५१

काठमाडौं । नेकपाको दाहाल–नेपाल समूहले प्रदेश १ को संसदीय दलको नेताबाट शेरधन राईलाई हटाएको छ । मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको दाहाल–नेपाल समूहले भीम आचार्यलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेको थियो ।

बिहीबार बसेको बहुमत सांसदको बैठकले राईलाई हटाएर आचार्यलाई दलको नेता चयन गरेको छ । प्रदेश १ मा रहेका नेकपाका ६७ सांसदहरु मध्ये ३७ जनाले राईविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए ।

तपाइँको प्रतिक्रिया