उखु किसानालाई वक्यौता नदिने लुम्बिनी चिनी मिलका सञ्चालक अगवाल पक्राउ
पर्सा । उखु किसानहरुको वक्यौता नतिर्ने लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाल पक्राउ परेका छन् । पश्चिम नवलपरासी प्रहरीले आवश्यक अनुसन्धानका लागि उपस्थित गराइदिन पर्सा प्रहरीलाई पत्रचार गरेपछि प्रहरीले बिहीबार बिहान अग्रवाललाई पक्राउ गरेको हो ।
यसअघि सरकारले उखु किसानको बक्यौता रकम भुक्तानी नगर्ने चारवटा सुगर मिल सञ्चालकलाई पक्राउ गरी ठगीमा कारबाही अघि बढाउन स्थानीय प्रशासन र प्रहरीलाई निर्देशन दिएको थियो । गृह मन्त्रालयले अन्नपूर्ण सुगर एन्ड जनरल इन्डस्ट्रिज प्रालि सर्लाही, इन्दिरा सुगर मिल एन्ड एग्रो प्रालि, लुम्बिनी सुगर मिल पश्चिम नवलपरासी तथा श्रीराम सुगर मिल रौतहटका सञ्चालकलाई कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको थियो ।
लुम्बिनी सुगर मिलले उखु किसानलाई दिन बाँकी रहेको ९ करोडमध्ये १ करोड ३६ लाख रुपैयाँ भुक्तानी गरिसकेको दाबी गरेको छ ।