टिपरको ठक्करबाट काठमाडौंमा दुई जनाको मृत्यु
फ्ल्यासन्युज नेपाल२०७७ पुष १६ गते ९:५३
काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२, गुर्जुधारामा टिपरको ठक्करबाट दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा धादिङको गल्छी घर भइ थापाथली बस्ने २७ वर्षीय अभय लामा र चितवन घर भइ गुर्जुधारा बस्ने २५ वर्षीय सुभास गमाल छन् । उनीहरुलाई थानकोटबाट कंलकी जाँदै गरेको र बा ४ ख २५७७ नम्बरको टिपरले ठक्कर दिएको हो ।